मंसिर १६, २०७४-
मोजा गन्हाएको बिषयमा बिवाद हुँदा भारतीय प्रहरीले एक जना यात्रुलाई नियन्त्रणमा लिएको छ । बिहारका २७ वर्षीय प्रकाश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी धर्मशालाबाट दिल्ली जानको लागि बसमा यात्रारत थिए । बसमा यात्रा गर्ने क्रममा उनले आफ्नो जुत्ता र मोजा फुकालेपछि अन्य यात्रुले गन्हाएको भन्दै उनलाई उक्त मोजा झोलामा हाल्न वा बाहिर फाल्न भनेका थिए ।
तर उक्त युवकले आफ्नो मोजा नगनाएको भन्दै बिवाद सुरु गरेपछि अन्य यात्रुको अनुरोधमा बसलाई हिमाञ्चल प्रदेशको एक प्रहरी स्टेसनमा रोकिएको थियो । उनलाई प्रहरीसमक्ष बुझाउनु अघि बसका चालक र सहचालकले दुई तीन पटक बस रोकेर सम्झाउने प्रयास गरेका थिए । तर, उनले मोजा फाल्न नमानेपछि प्रहरीलाई बुझाइएको हो ।
भारतीय सञ्चारमाध्यम दी हिन्दुस्तान टाईम्स सँग पक्राउ परको प्रकाश कुमारले भनेका छन्–मेरो मोजा गन्हाएकै थिएन । अन्य यात्रुले बिनाकारण झगडा सुरु गरे ।
प्रहरीका अनुसार उनी अहिले धरौटीमा रिहा भइसकेका छन् ।
- निर्वाचनको सुरक्षाका लागि सरोकारवाला पनि जिम्मेवार हुनुपर्छ ः आयुक्त पौडेल
- ७० वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड
- पोखरामा स्क्याबल खेलमा २५ खेलाडी छनौट, बंगलादेशका खेलाडी संग प्रतिष्पर्धा गर्ने
- विकासको हब लेखनाथ बन्छः कोइराला
- महेन्द्रपुलदेखि अख्तियारचोक पूर्ण सरसफाइ क्षेत्र
- लोकतन्त्र को नाम मा लुट्तन्त्र गरिराखेछ काङ्रेसले : ओलि
- मेस्सीले भने रोनाल्डो र म कहिले साथी हुन सक्दैनौ , त्यो असम्भव कुरा हो
- वामगठबन्धनका कार्यकर्ताले मतदानस्थलमा धम्काएर धाँधली गरेको काँग्रेसको आरोप ,पुनःमतदानको माग
- सिमरामा श्रीमान श्रीमतीको हत्या ,घरेलु चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरि निह्रिदयी हत्या
- ललितपुर साइकलको सहर र सांस्कृतिक राजधानी