लोकतन्त्र को नाम मा लुट्तन्त्र गरिराखेछ काङ्रेसले : ओलि

मंसिर १६, २०७४-एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनलाई भाँड्न नसकेपछि बम आतंक मच्याइएको आरोप लगाएका छन् । केही दिनयता उम्मेदवारलाई लक्षित गरी भइरहेका श्रृखंलाबद्ध बम विस्फोटका घटना निर्वाचनविरोधी तत्वहरुले निर्वाचन हुने भएपछि मतदातालाई त्रसित बनाउन मात्र खोजेको बताए ।

 वाम गठबन्धन निर्वाचन परिचालन समिति उदयपुरले शनिबार गाईघाटमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बम पड्काउनुलाई पुतलीको खेलौना नठान्न आग्रह गरे । बम पड्कँदैमा लटरम्म धान नफल्ने भएकाले हिंसाको राजनीति त्यागेर निर्वाचनलाई सहयोग गर्न ओलीले अनुरोध गरे । वाम तालमेलसम्बन्धी प्रसंगमा अध्यक्ष ओलीले देशलाई स्थिरता कायम राख्न वाम तालमेल अहिलेको आवश्यकता भएको बताए ।

कांग्रेसप्रति लक्षित गर्दै ओलीले दुई तिहाईको सरकार बनाउँदा समेत कांग्रेसले मुलुक समृद्धशाली बनाउन नसकेको आरोप लगाए ।‘लोकतन्त्रको नाममा कांग्रेसले लुटतन्त्र मच्याएको छ’पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘लुटतन्त्रलाई रोक्न वामपन्थी एकता गर्छु भन्दा कांग्रेस अत्तालिएको छ ।’

Latest :

कमेन्टहरु
Loading...