सिमरामा श्रीमान श्रीमतीको हत्या ,घरेलु चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरि निह्रिदयी हत्या

१६ मंसिर, सिमरा । बाराको जितपुर सिमरा उपमहानगरपालिका बजनी व्यवसायीक गाईपालन गर्दै आएका ३७ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपाको हत्या  ।

घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिबार बिहान फेला परेको हो । श्रीमतीको शव गाई फारमभित्र र श्रीमानको शव फारम बाहिर परालको टौवा नजिक फेला परेको छ । शव क्षत विक्षत अवस्थामा छ । अनुहार र टाउकोमा गहिरो घाउ छ ।

घरेलु चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको र थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।

हत्या अनुसन्धानको लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोली बारा आएको छ । साथै चुनावको सुरक्षामा खटिएका प्रहरी अधिकारीहरुलाई पनि झिकाएर अनुसन्धान अघि बढाइएको बैदवारले बताए ।

कमेन्टहरु
Loading...