पोखरामा कौडा खेलिरहेका १६ जना व्यक्ति नगदसहित पक्राउ

पोखरा । पोखरामा कौडा (जुवा) खेलिरहेका १६ जना मानिस नगद सहित पक्राउ परेका छन् ।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नं. २१ निर्मलपोखरीबाट कौडा खेलिरहेकै अवस्थामा कास्की प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट १६ थान कौडा सहित नगद पाँच लाख पाँच हजार पैसठ्ठी रुपैयाँ प्रहरीले बरामद गरेको छ । जुवा खेल्ने १६ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्ने ब्यक्तिहरु निम्नानुसार छन्ः
१। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ ।
२। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ३३ भरतपोखरी बस्ने वर्ष ४६ को राम के।सी। ।
३। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ६ बस्ने वर्ष ३६ को संजिब अधिकारी ।
४। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ६ बस्ने वर्ष ४० को राम ढकाल ।
५। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ६ बस्ने वर्ष ६४ को बिर बहादुर लामिछाने ।
६। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ६ बस्ने वर्ष ४० को मोहन बहादुर गुरुङ ।
७। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। १७ बिरौटा बस्ने वर्ष ४० को प्रकाश पोख्रेल ।
८। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। १७ बिरौटा बस्ने वर्ष ४६ को कृष्ण प्रसाद भण्डारी ।
९। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। १७ बिरौटा बस्ने वर्ष ३० को कुमार भण्डरी ।
१०। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।१७ बिरौटा बस्ने बर्ष ३८ को गौतम गुरुङ ।
११। जिल्ला कास्की पोखरा म।न।पा। २१ कृष्ती बस्ने वर्ष ४८ को होम बहादुर रानाभाट ।
१२। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। २१ कृष्ती बस्ने बर्ष ४० को टंक बहादुर कार्की ।
१३। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। २१ कृष्ती बस्ने बर्ष २३ को अनिष श्रेष्ठ ।
१४। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १० अम्मरसिंह बस्ने वर्ष ६३ को मिन बहादुर बरुवाल ।
१५। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। ३३ गैरागाउ बस्ने वर्ष ३३ को रामचन्द्र आचार्य ।
१६। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १७ बिरौटा बस्ने वर्ष ४० को जिवन शाही ।

कमेन्टहरु
Loading...