पोखरामा साईकलसहित चोरी कार्यमा संलग्न ९ जना बालक नियन्त्रणमा

पोखरा । पोखरामा साइकल चोरी कार्यमा संलग्न ९ जना बालकलाई नियन्त्रणमा लिइएको छ । पोखराका विभिन्न स्थानमा साइकल चोरीका घटना बढेपछि बैदाम प्रहरीले अनुसन्धान तथा निगरानी गरिरहेको थियो ।

सोही क्रममा बैदाम प्रहरीले बिहीबार ९ थान साइकलसहित चोरी कार्यमा संलग्न ९ जना बालकहरुलाई नियन्त्रणमा लिएको हो ।

साइकलसहित नियन्त्रणमा लिइएका बालकहरुमा पोखरा महानगरपालिका ७, ८ र ९ वस्ने १५ वर्ष उमेरका ५ जना, १३ वर्ष उमेरका २ जना, १२ वर्षका १ जना र ११ वर्षका १ जना रहेका छन् ।

उनीहरुलाई आवश्यक सोधपुछ पश्चात सम्झाई वुझाई अभिभावकहरुको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...