ठगी मुद्दामा पोखरा ६ का वडा सदस्यसहित ४ जना जेल चलान

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्यसहित ४ जना ठगी मुद्दामा जेल चलान भएका छन् ।

पोखरा ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफि गरे बापत विभिन्न किसिमबाट धम्काई ठगी गरेको आरोपमा पोखरा ६ का वडासदस्य दिपेन्द्र पहारी, वडा ६ बस्ने विकास पहारी, प्रविन विश्वकर्मा, अभिषेक परियार र अभिषेक बराललाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरि कास्की अदालतमा मुद्दा पेश गरेको थियो ।

जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि जेल (कारागार) चलान गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...