पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

पोखरा । पोखरामा प्रहरीले जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.७ राष्ट्रबैंक चोक नजिकै खाजाघरबाट बिहीबार बेलुका जुवातास खेलिरहेको अवस्थामा नगदसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँग भएको तास र नगद ४३ हजार ६५५ रुपैया नियन्त्रण लिएको छ ।

पक्राउ पर्नेहरुमा बाग्लुङ तमनखोला गाउँपालिका वडा नं. १ घर भई पोखरा ७ राष्ट्रबैकचोक बस्ने वर्ष ४५ की उक्त खाजा घर सञ्चालिका समिता आले, भारत घर भई हाल पोखरा ७ राष्ट्रबैक चोक बस्ने वर्ष ४५ का रमेश वारिक, गोरखा गण्डकी गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा ७ मासवार बस्ने वर्ष ४७ का सागर थापा मगर, पोखरा महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३२ का नविन रिंजाली, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ बस्ने वर्ष ५२ का सुक बहादुर मगर र गोर्खा सुलिकोट गाउँपालिका वडा नं. ७ घर भई जिल्ला कास्की पोखरा महनागरपालिका वडा नं. ७ बस्ने वर्ष ४२ का डिल बहादुर मगर रहेका छन् ।

उनीहरुलाई जिल्ला अदालत कास्कीबाट कानुनवमोजिम जुवा सम्वन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...