नेकपा एमाले गण्डकी अधिवेशन: यस्तो बन्यो मायानाथ अधिकारी र नबराज शर्माको प्यानल (नामावलीसहित)

 

नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशनमा दुई समूहबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । गन्डकी एमालेमा बिगको भन्दा अहिले समिकरण फेरिएको छ ।

एउटा समूहको नेतृत्व एमाले उपमहासचिब पृथ्वीसुब्बा गुरुङले गरेका छन् भने अर्को समुहको नेतृत्व एमाले सचिबपद्मा अर्यालले गरेकी छिन्
अर्याललाई खगराज अधिकारी, किरण गुरुङ, पदम गिरी, सूर्य पाठक, रश्मी आचार्य, भगवती न्यौपाने, रिसी आचार्य, सोभियत ढकाल लगायतले साथ रहेको एमालेका एक नेताले बताए । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिब अर्यालको पक्ष अहिले प्यानल खडा गरेर निर्वाचनमा जाने कसरतमा छन् । गुरुङलाई उपाध्यक्ष विष्णु पौडेल र पद्मा र खगराज अधिकारीलाइ महासचिव शंकर पोखरेलको साथ रहेको चर्चा गरिएको छ ।
गण्डकी प्रदेशमा नेताहरुले उम्मेदबारी दर्तामा प्यानल बनाउने करिब निश्चित देखिएको छ । सुरूआतबाटै प्यानल खडा गरेर उम्मेदवारी दिने तयारी नेताहरुले गरेका छन् । अधिवेशनका लागि प्रदेशभरबाट ९ सय ७ जना प्रतिनिधि पोखरा आएका छन्
कुन प्यानल बाट को उमेद्धार
पृथ्वी सुब्बा गुरुङ समुह
अध्यक्ष          :नबराज शर्मा -म्याग्दी
उपाध्यक्ष       :मीनप्रसाद गुरुङ -स्याङ्जा
सचिब           :धनन्जय दवाडी -लमजुङ
उप सचिब     : दामबहादुर विक, -कास्की
उप सचिब     : मन्जु अधिकारी -पर्बत

पद्मा ,खगराज ,किरण समुह

अध्यक्ष       :  मायानाथ अधिकारी – लमजुङ
उपाध्यक्ष    :  बाबुराम बिक- नबलपुर
सचिब        :रश्मि आचार्य -कास्की
उप सचिब  :सन्तोष रावल गुरुङ -म्याग्दी
उप सचिब  :मिना गुरुङ  -कास्की

 

 

 

कमेन्टहरु
Loading...