स्व. तेज बहादुर राउत स्मृति प्रतिष्ठानको उद्घाटन

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पञ्चावती आधारभूत विद्यालयमा स्व. तेज बहादुर राउत स्मृति प्रतिष्ठानको उद्घाटन समारोह बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

वडाका ४ विद्यालयका कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सहित सो कार्यक्रम सम्पन्न भएको हो । हाजिरी जवाफ परियोगितामा श्री पञ्चावती आ. वि प्रथम , यसैगरी श्री पिपलडाँडा देविस्थान मा.वि. दित्तिया , श्री दीपक जन-ज्योति आ. वि. डाँडागाँउ तृतीय र श्री जन कल्याण आ. वि. देविटार ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजेता सबैलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

हलेसी तुवाचुङ नगरपालिकाका उप- मेयर रमेश राउत ज्यू को प्रमुख आतिथ्य , प्रतिष्ठानका संरक्षक युवराज आले मगरज्यू को सभापतित्वमा भएको कार्यक्रम को संचालन सोही आ. वि . का प्रअ रुद्र कार्किले गरेका थिए । अभिभावक स्तरबाटै बालबालिकाको बौद्धिक विकास तथा प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यका साथ स्व. तेज बहादुर राउत का परिवारजनले गरेको कार्य अत्यन्त प्रशङ्सनीय रहेको उप- मेयर राउतले बताए । हाम्रा हजुरबुवाहरुको पाला अथवा स्व. तेज बहादुर राउतका पुस्ताले धेरै कठिनाइ र संघर्ष गरेर शिक्षा आर्जन गरि आफ्ना बाबू नानिलाई त्यस्तो दु:ख नहोस भनी विद्यालय स्थापना गर्नु भो , हामिले नजिकै विद्यालयबाट सहजै शिक्षा आर्जन गर्यौ । यो देन उहाँ कै हो। यसैगरी विव्यास अध्यक्ष एबम स्व. तेज बहादुर राउत स्मृतिका अक्षयकोष स्थापना संरक्षक सदस्य होम बहादुर राउतले आफ्ना स्व. पिता जि ले बाल्यकालमा शिक्षा आर्जन गर्न ५ घण्टा सम्म हिडेर सल्ले स्थित हरि प्रसाद गुरुको घरमा गएका इतिहास देखि बाटाघरे स्थित वर पिपलको छाहारिमा बसेर शिक्षा आर्जन गर्नु भएको र श्री पञ्चावती आ. वि. स्थापना कालमा भवन , बाटो निर्माणमा सस्थापक भइ नि:शुल्क योगदान दिनुभएको उल्लेख गर्दै आफैले पनि ३/ ३ घण्टा पैदल हिडेर छापडाँडासम्म विद्यालय धाउनु परेको सुनाउदै आफ्ना स्व. पिताको स्मृतिमा घरै नजिक कुलेसोको विद्यालयमा यो किसिमको कार्यक्रम गर्न पाउँदा आफू खुसी भएको जनाए ।
कार्यक्रममा वडा सदस्यहरु दल बहादुर कार्की , टङ्क राई र हिमा थापा , यसैगरी नेपाली काङ्ग्रेसका नेता लिल बहादुर बस्नेत , समाजसेवी चन्द्र बहादुर बस्नेत , चन्द्र बहादुर विश्वकर्मा , ले स्व. तेज बहादुर राउतले गरेका योगदानका बारेमा मुक्त कण्ठले प्रशङसा गरेका थिए ।

 स्व. तेज बहादुर राउत स्मृति प्रतिष्ठानको उद्घाटन
स्व. तेज बहादुर राउत स्मृति प्रतिष्ठानको उद्घाटन

स्व. तेज ब. राउतका श्रीमती तिल कुमारी राउत, छोराछोरीहरु गणेश बहादुर राउत, होम बहादुर राउत, कृष्ण बहादुर राउत, शर्मिला राउत, जानुका राउत , तिलक राउत र ख्याम बहादुर राउतले पञ्चावती आधारभूत विद्यालयलाई सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तरलाई वृद्धि गर्न हेतु २०८२ वैशाख ३० गते मंगलबार रु १लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।

अक्षयकोषको रकमबाट आएको ब्याजले हरेक वर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिने कृष्ण राउतले बताए ।

कमेन्टहरु
Loading...