मेस्सीले भने रोनाल्डो र म कहिले साथी हुन सक्दैनौ , त्यो असम्भव कुरा हो

बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीले अर्का पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध नरहेको खुलासा गरेका छन्।

स्पेनिस क्लब बार्सिलोनाका प्लेमेकर मेसीले दुवै जना एउटै क्षेत्रमा सक्रिय रहे पनि मैदान बाहिर आफूहरूको मित्रवत सम्बन्ध नरहेको दाबी गरेको स्पेनिस पत्रिकाले लेखेका छन्।

एक स्पेनिस अनलाइनसँग गरेको कुराकानीमा मेसीले भविष्यमा पनि आफूहरू बीच कुनै सुमधुर सम्बन्ध स्थापित नहुने बताएका छन्।

‘मलाई लाग्दैन कि म रोनाल्डोको साथी बन्न सक्छु । साथी एकअर्काबीच सुमधुर सम्बन्ध भएपछि बनिन्छ । जति धेरै सँगै बस्यो त्यति धेरै सम्बन्ध प्रगाढ हुन्छ’, ३० वर्षीय स्ट्राइकर मेसीले स्पेनिस अनलाइन मार्कासँग भने, ‘हामीबीच केही नाता छैन । सम्बन्ध पनि छैन । किनभने हामी कुनै समारोहमा एकछिन भेट्छौं । सामान्य भलाकुसारी मात्रै गर्छौं । त्यसैले हामी साथी बन्नै सक्तैनौं ।’

बार्सिलोना र रियल म्याड्रिडका समकालीन दुई स्ट्राइकरबीच मैदानभित्र र मैदानबाहिर पनि तीव्र प्रतिस्पर्धा हुँदै आएको छ । कहिले क्लबमा अनुबन्ध हुने रकममा होडबाजी चल्छ भने कहिले मैदानभित्र कसले बढी गोल गर्ने भन्ने प्रतिस्पर्धा हुन्छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने बालोन डी ओर अवार्ड र सर्व श्रेष्ठ फुटबलर लगायतका पुरस्कारमा पनि मुख्य रूपमा यी दुई खेलाडीबीच प्रतिस्पर्धा हुँदै आएको छ।

मैदानभित्र कहिले मेसीले रोनाल्डोलाई पछार्छन् भने कहिले रोनाल्डोले बाजी मार्छन् । केही समयअघि मात्र रियल म्याड्रिडका स्टार ३२ वर्षीय रोनाल्डोले मेसीलाई पछि पार्दै वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते भने मेसीले पनि गत साता गोल्डेज सु अवार्डमा रोनाल्डोलाई जिल्ल्याए। मेसी र रोनाल्डोबीचको तिक्तता विश्वभरका सञ्चारमाध्यमका लागि मसला बन्दै आएका छन्।

Burning issues :

 
कमेन्टहरु
Loading...