व्यावसायीलाई हातपात गर्ने वडा अध्यक्षलाई कारबाही गर्न नेपाल उद्योग तथा व्यवसायी महासघंको माग

पोखरा महानगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी माथि हातपात गरेकोमा नेपाल उद्योग तथा व्यावसायी महासंघले आपत्ति जनाएको छ । व्यावसायी लेखनाथ सुबेदीलाइ हातपात गर्ने वडाध्यक्ष पराजुलीलाई कारबाही गर्न महासंघले आग्रह गरेको छ । महासंघका सचीव हेमराज भन्डारीले एक विज्ञप्ति  निकाल्दै दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

 

विज्ञप्तिमा भनिएको छ,
“पोखराका ब्यबसायी लेखनाथ सुवेदी लाई पोखरा महानगरपालिका ४ अध्यक्ष राज्यले उत्पादन र उध्यमसिलता मार्फत संवृद्ध नेपालको परिकल्पनाको सहयात्री मानी हौसला प्रदान गरेको अर्थ व्यवसायको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रलाई हतोत्साहित हुने गरी यहि मिति २०८२ वैशाख २३ गते पोखराको प्रमुख व्यपारिक क्षेत्र शर्वेश्वर मार्गमा व्यवसायी माथि भएको धरपकड र हातपात समेतको घटना प्रति यस महासंघको गम्भिर ध्यानार्कषर्ण भएको छ ।

व्यवसायिक वातावरणलाई बढावा दिएर अर्थतन्त्र बलियो बनाउन लाग्नु पर्ने पोखरा महानगरपालिका वडा नं. ४ का स्थानिय सरकार प्रमुख बाटनै भएको हातपात सहितको गम्भिर कार्यको घोर भर्सना गर्दछ साथै उद्योग व्यवसायि प्रति हुने यस प्रकृतीका कृयाकलाप प्रति गम्भिर भएर दोसी माथी अविलम्व कार्वाहीको माग गर्दछ र अबका दिनमा यस्ता घटना दोहोरीन नदिने वातावरण निर्माणका लागि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ ।”
सचिब
हेमराज भन्डारी

 

कमेन्टहरु
Loading...