विकासको हब लेखनाथ बन्छः कोइराला

पोखरा, १६ मंसिर/चुनावको मिति नजिकिए संगै बामगठबन्धनले चुनावी प्रचारलाई तिव्र पारेका छन् । यसै विच कास्की क्षेत्रनं १ प्रतिनिधि सभाका बामगठबन्धनका उम्मेदवार खगराज अधिकारीले चुनावमा बामगठबनधनले करिब दुईतिहाई मत ल्याउने बताउनुभयो ।

अधिकारीले पुषको पहिलो हप्ता नेपालमा कम्युनिष्टको सत्ता आउने पनि बताउनु भयो । डाँडाको नाकमा नबप्रगतिशिल आमा समुह द्धारा आयोजित चुनावी सभा लाई सम्बोधन गर्दे सो कुरा बताउनु भयो । अधिकारीले अहिले बामगठबनधनमा जनलहर देखिएको बताउदै चुनावको नतिजा आफुहरुको पक्षमा पर्नेमा कुनै संका नगर्न आग्रह गर्दे पुषको पहिलो हप्ता कम्युनिष्टको सत्ता हुने बताउनु भयो ।

काग्रेसहरुले बामगठबन्धन धेरै नटिक्ने भनेर गरेको भाषणको प्रतिउत्तरमा अधिकारी दुवै पार्टी एउटै हुने भएकोले बामगठबनधन निर्बाचन पछि नरहने जवाफ दिनु भयो । कास्की क्षेत्रनं १ प्रदेश सभा १का साझा उम्मेदवार दीपक कोइराला (रुपक)लेकास्कीको लेखनाथ र रुपाकोट क्षेत्र विकासको हब हुने बताउनु भयो । उहाँले साधन स्रोत नभएर भन्दा पनि सहि ब्यबस्थापन नहुदा नेपालीले दुःख पाएको बताउनुयो ।

उहाँले जन्मको हिसावले को कहाँ जन्मयो भन्दा पनि कर्मको हिसावले उ कहाँ छभन्ने महत्वपुर्ण हुने बताउनु भयो । अहिलेको परिवेशमा सवै अस्पतालमा जन्मने हुदा उस्को जन्मभन्दा पनि कर्म महत्वपुर्ण हुने उहाको भनाई थियो । दीपक कोइराला रुपकले आफु झण्डावाला गाडीमा सयर गर्नको लागि उम्मेदवार नभएको स्पष्ट पार्दे जनताकै घर आगनमा हुने बताउनुभयो । कोइरालाले अहिले बामलाई भोट दिन आग्रह गर्छु पाँच बर्ष पछि काम लाई भोट दिन आग्रह गर्छुभन्नुभयो ।

कमेन्टहरु
Loading...