निर्वाचनको सुरक्षाका लागि सरोकारवाला पनि जिम्मेवार हुनुपर्छ ः आयुक्त पौडेल

धनगढी, मंसिर १५ गते । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनको सुरक्षाका लागि सरोकारवालाले पनि सक्दो सहयोग हुनुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि निर्वाचन अधिकृतलगायतको सहभागितामा भएको छलफल कार्यक्रममा आयुक्त पौडेलले आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले कारबाही गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचनका समयमा गरिएको सुरक्षा व्यवस्थापनका बारेमा प्रकाश पार्नुभयो ।

आयुक्त पौडेलले निर्वाचनको तयारीमा भएको प्रगति, देखिएका चुनौती र समाधानका उपाय, सुरक्षा व्यवस्थापनलगायतका विषयमा जानकारी लिनुभएको छ । दोस्रो चरणको निर्वाचनका लागि कैलाली जिल्लामा कर्मचारी खटनपटनको काम पूरा भएको छ ।

निर्वाचनमा खटिई जाने कर्मचारी मंसिर १८ गतेसम्म जिल्लाको सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित पुगीसक्ने निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद आर्यालले बताउनुभयो ।

प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा २३१ मतदानस्थल रहेका छन् ।

कमेन्टहरु
Loading...