पोखरामा स्क्याबल खेलमा २५ खेलाडी छनौट, बंगलादेशका खेलाडी संग प्रतिष्पर्धा गर्ने

पोखरा, १६ मंसिर/पोखरा सार्वजनिक पुस्तकालय र अमेरिकन कर्नरको आयोजनामा पोखरामा शनिबार सम्पन्न तेश्रो स्क््रयाबल च्याम्पीयन सम्पन्न भएको छ । उक्त प्रतियोगिता सहभागी भएका ६ जिल्लाका २७ विद्यालयबाट २५ खेलाडी छनौट भएका छन । विजेता खेलाडीले २०७४ माघ १ गते पोखरामा हुने पहिलो अन्तराष्ट्रिय स्क््रयाबल खेलमा सहभागी गराइने आयोजक तथा खेलका प्रशिक्षक केशव प्रसाद पराजुलीले जानकारी दिए ।

‘तिन बर्ष अघि पोखरामा सुरु भएको यो खेलमा ८ विद्यालयका १५ जना विद्यार्थी हरु मात्रै सहभागी थिए, अघिल्लो वर्ष ५ जिल्लाका ४० र अहिले वढेर ६ जिल्लाका ५४ जना सहभगी भएका छन’ अमेरिकन कर्नरमा अंग्रेजी शिक्षक तथा खेलका प्रशिक्षक समेत रहेका पराजुली भने –‘यो खेल प्रति विशेष रुची वढदै गएको छ ।’ कास्की, पर्वत, तनहुँ, लम्जुङ, रुपन्देही र बागलुङका विभिन्न विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सहभागी थिए ।

१५ बाइ १५ को बोर्डमा अक्षरको माध्यम द्वारा दुइ भन्दा वढी साथीहरु संग मिलेर अक्षर बनाउने खेल नै स्क््रयाबल खेल हो । अमेरीका बाट सुरु भएको यो खेलका अहिले विश्व च्याम्पियनसिप समेत हुने गरेको छ, तर नेपालमा यो भित्रिएको धेरै नभएको पोखरा सार्वजनिक पुस्तकालयका संस्थापक सदस्य सचिव अर्जुन श्रेष्ठले बताए । जुन सुकै उमेर समुहकाले पनि खेल्न सक्ने यो खेल एक प्रकारको चेस खेल जस्तै हो ।

यो खेलले अक्षर चिन्न, शब्द बनाउन, भाषाको शुद्धता बढाउन, संचार प्रवाह गर्न, मित्रताको सम्बन्धलाई गाढा बनाउने मात्र नभई २१ औं शताव्दीको शिप विकास गर्ने शिक्षाको गुणस्तरमा समेत अभिवृद्धी गर्न सहयोग पुग्ने खेलका प्रशिक्षक पराजुलीले बताए । आर्थिक रुपमा समेत सस्तो र सुलभ खेल सामाग्री संगै खेल खेलेर नै पढने बानीको बिकास गर्न समेत यो खेलले सहयोग पुग्ने प्रशिक्षक पराजुली बताए ।

सार्वननिक पुस्तकालयमा पहिले–पहिले पढन आउने त्यो पनि न्युन संख्यामा हुने गर्थे तर अहिले पुस्तकालयमा यो खेल खेल्न पाइन्छ भनेर विद्यार्थीहरुको संख्या समेत ह्वातै वढन थालेको श्रेष्ठले बताए । अमेरिकी शिक्षक म्याथ्यु नेलसनले नेपालमा यो खेल प्रति चासो बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले खेल निकै नै आर्कषक र कुनै पनि उमेर समुहका लागि मनोरंजनपुर्ण रहेको बताए ।

कमेन्टहरु
Loading...