काठमाडौं । भोलि बेलुकाबाट पानी पार्ने केही प्रणाली नेपाल प्रवेश गर्ने र पानी पर्ने क्रम बढ्ने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखामा मौसमविद् वरुण पौडेलका अनुसार पानी पार्ने प्रणाली भोलि बेलुका नेपाल प्रवेश गर्ने र यो हप्ता पानी पर्ने क्रम समेत बढ्ने छ । केही स्थानमा भारी मात्रामा पानी पर्ने भएको र बाढी पहिरोको जोखिम समेत रहेको उनले बताएका छन् ।
