कास्कीका पालिकाहरूको वित्तीय सुशासन मूल्यांकन: रुपा गाउँपालिका सबैभन्दा अगाडी

माछापुच्छ्रे गाउपालिका सबैभन्दा कमजोर

 

कास्की जिल्लाका पालिकाहरूको आर्थिक वर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) नतिजा सार्वजनिक भएकाे छ। जिल्ला समन्वय समिति (जिसस) कास्कीको आयोजनामा मंगलवार आयोजित समीक्षा तथा सार्वजनिकरण कार्यक्रममा उक्त मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको हो।

प्राप्त नतिजाअनुसार रुपा गाउँपालिका ६८ अंकसहित सबैभन्दा अगाडि देखिएको छ। त्यसपछि अन्नपूर्ण गाउँपालिका (६६.५) र मादी गाउँपालिका (६१.५) ले उल्लेखनीय प्रदर्शन गरेका छन्। पोखरा महानगरपालिका भने जम्मा ४७.५ अंक प्राप्त गर्दै अपेक्षाकृत कमजोर देखिएको छ। माछापुच्छ्रे गाउँपालिका ४५ अंकसहित सबैभन्दा पछाडि परेको छ।

मूल्यांकनमा प्रक्रिया (५३ अंक), नतिजा (१३ अंक) र वित्तीय अनुशासन (३४ अंक) गरी तीन मुख्य आधार अपनाइएको थियो। कुल २६ सूचक प्रयोग गरिएको मूल्यांकनमा योजना, कार्यान्वयन, लेखांकन, अनुगमन तथा राजस्व व्यवस्थापनका विभिन्न पक्षमा अंक प्रदान गरिएको थियो।

कमेन्टहरु
Loading...