तनहुँका साहित्यकार केशबराज आमोदीले ‘मत्स्यगन्धा महाकाव्य’ नामक महाकाव्यको रचना गरेका छन । महाकाव्यमा व्यास नगरपालिकाको सेरोफेरो र स्थानीय परिवेश झल्कने पौराणिक कथानक झल्किएको साहित्यकार आमोदीले बताए ।
चार वेद १८ पुराणका रचयिता भगवान व्याससँग सम्बन्धित विशिष्ट कृति मत्स्यगन्धा महाकाव्यको लोकार्पण यही वैशाख २६ गते शुक्रबार दिउँसो १ बजे व्यास नगरपालिकाको सभाहलमा हुने भएको छ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा महाकाव्यको विमोचन गरिने भएको छ । प्रतिष्ठानको अध्यक्ष गौकुमारी न्यौपानको अध्यक्षमा आइतबार बसेको कार्य समितिको वैठकले महाकाव्यको दमौलीमा विमोचन गर्ने निर्णय गरेको महासचिव अमरराज नहर्कीले जानकारी दिए ।
