लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर ३ अन्तर्गत रिजन ६ को रिजन कन्फ्रेरेन्समा बैन बहादुर गुरुङ सम्मानित भएका छन् । विहिबार पोखरामा सम्पन्न रिजन कन्फ्रेरेन्समा भुमि आयोग कास्कीका अध्यक्ष बैन बहादुर गुरुङलाई सम्मान गरिएको हो ।
रिजन ६ का रिजन चेयरपर्सन सूर्य चपाईको अध्यक्षता डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर विनोद ढुंगानाको प्रमुख आतिथ्यतामा आयोजित रिजन कन्फ्रेरेन्समा सम्मानित ब्यक्तित्वलाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ ,”लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आई, नेपाल रिजन–६ को रिजन कन्फ्रेन्सको अवसरमा देश र जनताको लागि भनी आफ्नो व्यक्तिगत स्वास्थ्य र जीबन एवम् घर परिवार नभनी भौतिक सुख सुबिधा र सरकारी पेशा समेत त्यागी राजनीति मार्फत सामाजिक बिकृती बिसङ्गती बिरुद्द कार्य गर्नु भएका, भौगोलिक एवम् भौतिक बिकास सङ्गसङ्गै सामाजिक, राजनैतिक र सर्वागिर्ण बिकास र प्रबर्दनका लागि सदा सर्वदा लडिरहनु भएका तपाई पोखरा २८ (साविक माझठाना–४) जन्मभुमी भै हाल पोखरा १४ लाई कर्मथलो बनाउदै आउनुभएका नेपाल सरकार भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष समाजसेवी एवम् राजनैतिक ब्यक्तित्व श्री बैन बहादुर गुरुङ्ग ज्यूले सामाजिक, मानवीय सेवा तथा स्थानिय विकासमा पुऱ्याउनु भएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै स–धन्यवाद सहित कदर स्वरुप यो सम्मान पत्र प्रदान गर्दछौं ।”
रिजन कन्फ्रेरेन्समा रिजन अन्तर्गतका ८ वटा क्लबका अध्यक्ष तथा सचिव सहभागी थिए । उक्र कार्यक्रममा रिजन अन्तर्गतका क्लबले गरेका कामको समिक्षा भएको रिजन चेयरपर्सन सूर्य चपाईले जानकारी दिए । कार्यक्रममा रिजन ६ अर्न्तगतका जोन चेयरपर्सनहरु ११ का राजकुमार घिमिरे र १२ युवराज खनालले आ–आफ्ना क्लबले सम्पादन गरेका कार्य विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले रिजन ६ अन्तर्गतका क्लबहरुको सक्रियता तथा सामाजिक काममा योगदान राम्रो रहेको धारणा राखे भने पूर्व डिष्ट्रिक्ट गर्भनर राम बहादुर बसेलले लायन्सले समाजमा गरेका सेवाका कार्य गैर लायन्सले पनि सुनुन् देखिुन् र लायन्स प्रति उनिहरुको लगाव बढोस् भन्ने उदेश्यले यस्ता कार्य गर्ने गरिएको बताए ।
सम्मानित ब्यत्तित्व भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष बैन बहादुर गुरुङले सम्मानबाट आफु ऋणी भएको प्रतिक्रिया दिदै लायन्स समाज सुधारका पक्षमा गरेको प्रयास प्रशंसा योग्य रहेको बताए । रिजन चेयरपर्सन सूर्य चपाईले आफ्नो कार्यकालमा सहयोग गर्नु हुने सिनियर लायन्स लिडर, जोन चेयरपर्सन, क्लब अध्यक्षलाई मायाको चिनोले सम्मान गरेका थिए ।