कास्कीको रुपा गाउँपालीकामा २०७४ देखि हालसम्म ८ वर्षको अवधिमा१०६ मुद्दा दर्ता भएका छन ।
न्यायिक समितिको आयोजनामा बुधबार भएको ‘समितिद्वारा सम्पादित कार्यहरू तथा भावी कार्ययोजना’ विषयक सरोकारवाला र पत्रकारसँग संवाद कार्यक्रममा दर्ता भएका मुद्दामध्ये १६ वटा मुद्दाको निरुपण भएको न्यायिक समिति संयोजक रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिइन । उनका अनुसार ७७ वटा मुद्दामा मेलमिलाप भएको छ ।
गाउपालिकामा दर्ता भएका ४ वटा फिर्ता भएको, ३ वटा तामेलीमा र ४ वटा मुद्दा मुद्दा प्रक्रियामा रहेको उनले जानकारी दिइन् । उपाध्यक्ष गुरुङले आफूहरुको निरन्तरको माग अनुरूप गण्डकीका ७० वटा पालिकाले कानुनी सहजकर्ता पाएको उनले बताइन् । जसका कारण न्यायिक समितिलाई सहज भएको उनको भनाइ छ ।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रुपाका जनतालाइ आत्मनिर्भरमा जोड दिएको बताए । स्थानीय सरकारले साना विकासका काम र सेवाप्रवाहको काम गर्ने चर्चा गर्दै पहिलो कार्ययकालमा बाटो, पानी र पूर्वाधारमा जोड दिएको अध्यक्ष ओझाले बताए । उनले पालिका मासु, अण्डा र दूधमा आत्मनिर्भर बनेको जानकारी दिए । उनका अनुसार रूपामा टेन्डरमार्फत दुई हजार एक सय माहुरीको घार ल्याइएको र २ सय ५० परिवार पूर्ण व्यवसायीक मौरी पालक किसान रहेको बताए ।