गण्डकीको बिकासको लागि खगराज अधिकारी काठमाडौमा, प्रधानमन्त्रीसग छलफल

समग्र गण्डकी प्रदेशको विकास निर्माणका लागि गन्डकी प्रदेशका निबर्तमान मुख्यमन्त्री खगराज अधिकारी, साम्सदहरु र  पर्यटन व्यावसायी  हरुको टोलिले प्रधानमन्त्री केपि शर्मा ओलि लाई भेटेका छन ।प्रधानमन्त्रीसगको भेटमा गण्डकी प्रदेशमा सञ्चालनमा रहेका तथा थालनी भएका राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा छलफल भएको गण्डकी प्रदेशका निबर्तमान मुख्यमन्त्री खगराज अधिकारीले जानकारी दिनुभयो । गण्डकी प्रदेश अन्तर्गत थालनी भएका आयोजना पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण ,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन ,कोरोला-त्रवेणी(उत्तर-दक्षिण) नाका खोल्ने,भौतिक पुर्वाधार निर्माण र सञ्चालन गर्ने,सडक निर्माण कार्य पूरा गर्ने ,पर्यटन व्यवसायीहरुको समस्या समाधान ,प्रस्तावित दुईवटा औद्योगिक क्षेत्र निर्माण,व्यवस्थित शुक्लागण्डकी स्नान स्थल निर्माण,तालहरुको संरक्षण,सम्बर्द्धन र मापदण्ड सम्बन्धि,शिक्षा,स्वास्थ्य र पर्यटन सम्बन्धमा रहेको टोलिमा सहभागी साम्सद दामोदर बैरागी पौडेलले बताउनुभयो ।
भेटमा सरकारले अगाडि सारेको २०८२/०८३ को निति र कार्यक्रम तथा समसामयिक परिस्थितिकाबारेमा छलफल भएको बैरागीले बताउनुभयो ।भेटमा आगामी बजेटमा गण्डकीलाई प्रथामिकताका साथ राख्न टोलिले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...