प्लाज्मा थेरापीबाट उपचार गराइरहेका कोरोना संक्रमित पुरुषको मृत्यृ

रुपन्देही । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नंं २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो ।

तर गएराति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । उनमा दुवैतिरको फोक्सोमा निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

कमेन्टहरु
Loading...