वीरगञ्जमा थप १ को कोरोनाबाट मृत्यु

वीरगञ्ज । वीरगञ्जको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका ३० का ५४ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट आज दिउँसो १ बजेको समयमा मृत्यु भएको हो । भदौ १५ गते कोरोना संक्रमण भएको उनलाई दम तथा मृगौला, मधुमेह र उच्च रक्तचापको समस्या समेत थियो । आइसियुमा राखेर उपचार गरे पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । उनको सोही अस्पतालमा ३ पटक मृगौलाको डायलासिस समेत गरिएको अस्पतालले बताएको छ ।

कमेन्टहरु
Loading...