धरानमा प्रहरी र आर्मी सहित ६४ जनामा कोरोना पुष्टि

धरान । धरानमा एकै पटक ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना, उनीहरुका परिवार छन ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार २ जना इलाका प्रहरी कार्यालयका प्रहरी छन्। बाँकी सबै फुस्रे आर्मी क्याम्पमा सेना, तिनका परिवारहरु हुन्। आर्मी क्याम्पका २ बर्षका बालिकासहित ६२ जनामा संक्रमण देखिएको छ ।

दुईदिन अघि धरानमा ११ जना नेपाली सेनासहित १९ जना कोरोना संक्रमित देखिएको थियो । धरानको फुस्रेस्थित आर्मी क्याम्पका ११ जना सैनिकहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै, ५ जना भारतीय सैनिकमा पनि संक्रमण पुष्टि भएको थियो।

कमेन्टहरु
Loading...