फरक–फरक अस्पतालको कोरोनाबाट विराटनगरका २ महिलाको मृत्यु

विराटनगर । विराटनगर घर भइ विभिन्न अस्पतालमा उपचार गराइरहेका २ महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा १ को विराटनगरमा नै रहेको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोशी अस्पतालमा ज्यान गुमाएकी ६४ वर्षीय महिलाको हिजो मृत्यु भए पनि आज बिहान मात्र कोरोना रिर्पोट पोजेटिभ आएको हो । शुक्रबार दिउँसो उनलाई झाडापखाला, ज्वरो तथा श्वासप्रश्वासमा समस्या भए पछि कोशी अस्पताल लगिएको थियो । स्वास्थ्यमा गम्भीर समस्या तथा कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखिए पछि उनलाई आइसोलेसनमा भर्ना गरेर उपचार सगरिएको भए पनि हिजा साँझ साढे ७ बजे मृत्यु भएको थियो ।

विराटनगर कै ४३ वर्षीय महिलाको भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो साँझ साढे ६ बजे मृत्यु भएको हो । महानगरपालिकाको ११ नम्बर वडामा घर भएकी उनलाई श्वासप्रश्वास तथा छाती दुख्ने समस्या भए पछि न्युरो अस्पताल विराटनगर पुगेकी थिइन् । न्युरो अस्पतालमा नै उनलाई भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई विपी प्रतिष्ठान पु¥याइएको थियो ।

कमेन्टहरु
Loading...