अर्थमन्त्री युवराज खतिवडाले आज राजीनामा दिंदै

काठमाडौं । अर्थ तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले आज राजीनामा दिने भएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले आज बिहान ११ बजे बस्ने मन्त्रीपरिषद्को बैठकमा राजीनामा बुझाउने बताइएको छ । उनले रजीनामा पश्चात सञ्चारमन्त्रालयमा गएर पत्रकार सम्मेलन मार्फत् आफूले गरेका कामका विषयमा जानकारी दिने छन् । त्यसभन्दा अगाडि उनले अर्थमन्त्रालयमा पुगेर बिदाई हुने बताइएको छ ।

कमेन्टहरु
Loading...