कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा थप १ को मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत १ पुरुषको कोरोना संक्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिएका छन् ।

योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा चितवनका ६ जना रहेका छन् । तीमध्ये १ जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो ।

यस्तै मकवानपुरका ३, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका १/१ जना रहेका छन् । रासस

कमेन्टहरु
Loading...