चापाकोटमा आयुर्वेदिक स्वास्थ्य शिविर

पोखरा, १५ फागुन /चापाकोटको सिद्ध बराह माविमा शनिबार आयुर्वेदिक स्वास्थ्य शिविरको आयोजना गरिएको छ । रोटरी क्लव अफ पोखरा मिडटाउन र रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनले संयुक्त रुपमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

पोखरा न्यूरोडको स्पर्श आयुर्वेद अस्पताल र तेर्सापट्टीको श्रद्धा आयुर्वेद फर्माको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा झण्डै आठसय जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।  स्वास्थ्य शिविरमा हाडजोर्नी, नशा, बाथ, पायल्स, फिस्टुला तथा गुद्वार सम्वन्धी समस्या, पिनास र स्त्री तथा प्रसुति रोगको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा भिडियो एक्स–रे, इसिजि ल्यावको सुविधा तथा निशुल्क औषधी वितरण गरिएको थियो ।

शिविरमा स्वास्थ्य परीक्षण गरिएका बिरामीहरुलाई पोखराको न्यूरोडस्थित स्पर्श आयुर्वेदिक अस्पतालमा तीन महिनासम्म निशूल्क स्वास्थ्य परीक्षण गरिने अस्पतालका प्रबन्ध निर्देशक नबिन किरण भूषालले बताए । उनले अस्पतालमा उपलब्ध सेवाहरु मध्ये विरामीहरुलाई क्षरसूत्र शल्यक्रिया, फिजियोथेरापी, भिडियो एक्स–रे, ईसिजि र ल्याब टेष्ट र बिरामी भर्नाका लागि बिशेष छुट प्रदान गर्ने बताए ।

रोटरियन रबि बरालले डा। कमल शर्मालाई मेडिकल सामग्री हस्तान्तरण गरेर स्वास्थ्य शिविरको उद्घाटन गरे । रोटरियन रबि बरालले कार्यक्रममा बोल्दै रोटरी क्लवको सामाजिक उत्तरदायित्व अन्तरगत मानवीय स्वास्थ्य र शिक्षा लगायतका अन्य ६ बिषयहरु प्राथमिकतामा पर्ने गरेको चर्चा गरे ।

महिला शसक्तिकरणका लागि पनि स्वस्थ रहनुपर्नेमा उनले जोड दिए । स्वस्थ जीवनका लागि महिलाहरु स्वयंले सचेतीकरण ल्याउनुपर्ने उनले प्रष्ट पारे । उनले साक्षरताको अभियानमा सूचना र प्रविधिको महत्व रहेको औंल्याए । उनले भने, ‘सूचना र प्रविधि बिनाको शिक्षा सिकाई अपूर्ण हुनेछ ।’

कार्यक्रममा शिविर संयोजक रोटरियन दिलिप शर्मा भट्टराईले स्वास्थ्य शिविरको उद्देश्यमाथि प्रकाश पारे । क्लबका अध्यक्ष रोटरियन नबराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गिता बिश्वकर्माले स्वागत मन्तव्य र रोट्रयाक्टर अनिल लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग रहेको स्वास्थ्य शिविरका लागि नेपाल रेडक्रस सोसाइटी भदौरे तथा चापाकोट, भदौरे र चापाकोट गाविस कार्यलय, सगरमाथा महिला बिकास सहकारी संस्था लि।, सिद्ध बराह माबि र नेपाल नेत्रज्योती संघ पोखराले सहयोग गरेको छ ।

कमेन्टहरु
Loading...