सानिमा बैंक लिमिटेड र पद्म नर्सिङ बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता

सानिमा बैंक लिमिटेड र पद्म नर्सिङ बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ ।

बैंकका तर्फबाट पोखरा शाखा प्रमुख पुनित विक्रम राणा र हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशकनरेन्द्र बास्तोलाले सम्झौतापत्रमा हस्ताक्षर गरे । बैंकका रिलेशनशीप मेनेजर आरोग्य गुरागाईं तथा हस्पिटलका एड्मिनिस्ट्रेटिभ हेड नरेश पौडेल पनि सहभागी थिए ।

सानिमा बैंकका ग्राहकहरुले ओपिडीसहितका सबै शुल्कमा १५ प्रतिशत, औषधिको शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्ने सानिमा बैंकले जनाएको छ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यले मुलुकका विभिन्न शहरहरूका हस्पिटलमा छुटको व्यवस्था गर्दै बताएको छ। सानिमा भिसा डेबिटरक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

एजेन्सी

कमेन्टहरु
Loading...