आईतबार बिप्लव नेतृत्वको नेकपा माओवादीको नेपाल बन्द, पुर्व सन्ध्यामा पोखरामा मोटरसाईकल र्‍याली

कृष्ण आचार्य /पोखरा २७ कार्तिक ।बिप्लव नेतृत्वको नेकपा माओवादीले आईतबार नेपाल बन्दको आवहन गरेको छ । मंहगी,भष्टचार र खाध सम्प्रभुताको बिषयमा आवज उठाउदै नेकपा (माओवादी) ले आईतबार नेपाल बन्दको आवहन गरेको जनपरिषद कास्कीका प्रमुख नन्दप्रसाद तिवारी जगनले गनथन डटकमलाई जानकारी दिए । बन्द बिहान ५ बजे देखी साझ ५ बजे सम्म जारी रहने र बन्दमा पत्रकार, मानब अधिकारबादी कुटनितिक नियोगका सवारी, खानेपानीका गाडी, एम्बुलेन्सलाई निर्वाद रुपमा चल्न दिईने तिवारीले बताए ।यसका साथै नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलको चौथो महाधिवेशनलाई लक्षित गरेर तोकिएका सवारी साधनलाई पनि चल्न दिईने उनले जानकारी दिए ।यो पटकको बन्दमा पर्यटकका सवारीलाई भन्ने चल्न नदिईने बताउदै उनले बन्द भने शान्तिपुर्ण रहने बताए ।

आईतबार बिप्लव नेतृत्वको नेकपा माओवादीको नेपाल बन्द, पुर्व सन्ध्यामा पोखरामा मोटरसाईकल र्याली
आईतबार बिप्लव नेतृत्वको नेकपा माओवादीको नेपाल बन्द, पुर्व सन्ध्यामा पोखरामा मोटरसाईकल र्याली

यसैबिच, नेकपा (माओवादी) कास्कीले नेपाल वन्दको पुर्व सन्ध्यामा पोखरामा बृहत् मोटरसाईकल र्‍याली समपन्न गरेको छ ।आज पृथ्वीचोक स्थित पार्टी कार्यालयबाट सुरु भएको बृहत् मोटर साइकल र्‍याली नयाँबजार,महेन्द्रपुल,पिएन क्यामपस,हरि चोक,पर्स्याङ ,जिरो हलन चोक लेकसाइड, विरौटा, एयरपोर्ट, पृथ्वीचोक हुँदै अमरसिंह चोकमा गएर कोण सभामा परिणत भएको थियो ।कोण सभालाई सम्मोधन गर्दै जनपरिषद कास्कीका प्रमुख तिवारीले नेपाल बन्द आन्दोलनको अन्तिम बिकल्प रहेको वताए।उनले खाधमा रहेको भष्टचार महगी र खाध सम्प्रभुताको बिषयलाई लिएर आफ्नो पार्टीले भाद्र २० गते देखिनै धर्ना, ज्ञापनपत्र,प्रचारात्मक आन्दोलन गर्दै सरकारलाई सचेत गराए पनि शासक वर्गले नटेरेकोले जनताकै खाध सम्प्रभुताको अधिकारको निम्ति नेपाल बन्दको बिकल्प रोजेको वताए।

कमेन्टहरु
Loading...