भैरवसँग खड्ग साट्न पूर्वराजा ज्ञानेन्द्र जाने

काठमाडौं, १० असोज /सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन, पूजाआजा तथा खड्ग साट्न यस वर्ष आयोजकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन् ।

पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्रध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ । असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएका खबर आजको अन्नपूर्णमा छापिएको छ। मल्ल राजा गुणकामदेवको पालदेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन वर्षेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए ।

२०५८ सालमा राजा भएपछि राष्ट्रध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरि जात्रामा सहभागी हुन असोज १६ गते भीमसेनस्थान पुग्दैछन् । २०५८ सालमा फेरिएको घ्याम्पो जीर्ण भएपछि यस वर्ष पचली भैरवको घ्याम्पो फेरिएको हो ।

कमेन्टहरु
Loading...