पोखरामा लिटिल च्याम्पको नयाँ सस्करण सुरु

पोखरा, २९ असार/प्रथा मल्टिप्रपोजको आयोजनामा हरेक बर्ष जस्तै यो बर्ष पनि लिटिल च्याम्प पोखरा २०१६ हुने भएको छ । १२ बर्ष उमेर सम्मका बालबालिकाहरुमा रहेको प्रतिभा पहिचान तथा उनीहरुलाई बोल्ने बानी र सकारात्मक आचरणको संस्कार बिकासका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका संरक्षक नारायण गुरुङ्गले बताए ।

little champeसाउन ८ गते पोखरामा अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि पोखरा चिप्लेढुङ्गा स्थित क्याफे दि गार्डेनमा अडिसन सम्पन्न भई तालिम सञ्चालन भइरहेको छ । प्रतियोगितामा पोखराका बिभिन्न स्कुलमा अध्ययनरत २० जना बालबालिकाको सहभागिता रहेको छ । सहभागी बालबालिकाहरुमा माउण्ट अन्नपुर्ण स्कुलबाट निखिल गुरुङ्ग, प्रकृति खत्री, रेजिना पुन, खुस्बु गर्बुजा पुन, सरिश राना, कविता थापा रहेका छन् ।

यसैगरि प्रतिक्षा पोखरेल सृजना उच्च मावि, क्रिस श्रेष्ठ कुमुदिनी होम्स, सारिका सुवेदी, ग्रिस्मा गुरुङ्ग ग्लोवल कलेजियट, प्रजुन अधिकारी तारापुञ्ज बोर्डिङ्ग स्कुल अधिकारीटोल, अंकित जिसी, अभिषेक आचार्य, युनिश तामाङ्ग पास्कल एकेडमी रहेका छन् । प्रथाले कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यका लागि खर्चदै आएको प्रथाका प्रबन्ध निर्देशक शारदा गुरुङ्गले बताए ।

उनले पहिलेका बर्षहरुमा आँकुरा भिलेज, राधाकृष्ण बृद्धाश्रम र सरस्वती सामुदायिक प्राविमा आर्थिक तथा भौतिक सहयोग गरिसकेको बताए । यो बर्ष बात्सायन बृद्धाश्रममा १ लाख १ हजार १ सय १ रुपैया प्रदान गरिसकेको छ । बालबालिकाहरुको प्रथम त्रैमासिक परिक्षा पछिको बिदाको समयलाई सदुपयोगका साथै बिद्यालय शिक्षा भन्दा फरक ज्ञान दिनका लागि कार्यक्रम फलदायि हुने प्रथाका अर्का संरक्षक शिबराज देवकोटाले बताए ।

कमेन्टहरु
Loading...