मदन भण्डारीको ७४औ जन्मजयन्तीको अवसरमा नेकोस फुटबल संघ गण्डकी र नेपाल खेलकुद महासंघ कास्कीको सयुक्त आयोजनामा पोखरा रङ्गशाला बाट वृक्षरोपण कार्यक्रम शुभारम्भ भएको छ ।
कास्की जिल्ला र नेकोस फुटबल संघगण्डकीको आयोजनामा ७४ औ जन्मजयन्तीको अबसरको सन्दर्भ पारेर पोखरा रंगशाला बाट बृक्षारोपण कार्यक्रम शुभारम्भ भएको हो ।शुभारम्भ कार्यक्रममा बोल्दै नेकपा एमाले गन्डकी उपाध्यक्ष मीन प्रसाद गुरुङले सामाजिक काममा युवाहरूको सक्रियताको आजको आबस्यकता रहेको औल्याए । खेलकुद महासङ केन्द्रिय सचीव बिस्नु पुनले जबजको मार्गदर्शन सिद्धान्तलाई अंगिकार गरि अगाडि बढ्न सबैमा आग्रह गरे ।नेपाल खेलकुद महासङले २०८२ साल भरी विभिन्न सार्बजनिक ठाउहरुमा एक सय पिपलका बिरुवा सहित पाच हजार बिरुवा रोप्ने पुनले जानकारी दिए ।
कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ खेलकुद महासङको सचिवालय सदस्य एबम कास्की इन्चार्ज सरवती श्रेष्ठ सरु ,
नेकोस केन्द्रीय बिज्ञ आयोग अध्यक्ष भरत गोदार , स्थायी कमिटी सदस्य दिपेन्द्र पौडेल , केन्द्रीय कमिटी सदस्य शिब प्रसाद अधिकारी ,लयायतले बृक्षारोपण गरेका थिए ।शुभारम्भ कार्यक्रममा विभिन्न प्रजातीका ७० भन्दा बढी बिरुवा रंगशालाको परिसरमा रोपिएको नेपाल खेलकुद महासङ कास्कीका अध्यक्ष एबम कार्यकम सन्चालक शिबराज सुबेदीले जानकारी दिए ।