लेखनाथ उबासंघको अध्यक्षमा राजेन्द्र ओझा र जानुका भिड्ने

 

लेखनाथ उद्योग बाणिज्य संघको महाधिबेशन आगामी भदौमा हुदैछ ।महाधिवेशनको मिति नजिकिदै गर्दा लेखनाथका उद्योगी ब्यबसायीहरुलाई चुनाबी माहोलले छोईसकेको छ। ब्यबसायीका नेताहरु आन्तरिक तयारीमामा लागेका छन । बिशेष गरि नेकपा एमाले र नेपाली काङ्ग्रेसमा आस्था राख्ने उद्योगी ब्यबसायोहरुले छुट्टाछुट्टै प्यानल बनाएर चुनाबी मैदानमा उत्रने तयारी गरेका छन ।

लेखनाथ उद्योग बाणिज्य संघका हालका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र महासचिब जानुका पराजुली अधिकारीले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिने गरि आन्तरिक तयारी थालेका छन । बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा नेकपा एमाले समर्थक मानिन्छन भने जानुका नेपाली काँग्रेस समर्थक मानिन्छिन। राजेन्द्र लेखनाथ उद्योग बाणिज्य संघमा २०७२सालमा कार्यसमिति सदस्य, २०७४ मा कोषाध्यक्ष,२०७६ मा दितिय उपाध्यक्ष,२०७८ मा प्रथम उपाध्यक्ष हुँदै हाल बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका छन भने जानुका पनि कार्यसमितिको सदस्य हुँदै हाल महासचिबको जिम्मेवारीमा छन।
हालका वरिष्ठ उपाध्यक्ष ओझा ब्ययसायी बिच निकै लोकप्रीय मानिन्छन ।उनले संघको विभिन्न पदको जिम्मेवारी लिएपछी ब्यबसायीहरु संगको सम्पर्कलाई मजबुत बनाउनुको साथै संघलाई कोषाध्यक्षको जिम्मेवारीमा रहदा उत्कृष्ट काम गरेको ब्यबसायी बताउछन ।ओझा लेखनाथ हार्डवयर यशोशियसनका सस्थापक अध्यक्षसमेत हुन भने नागरिक परोपकार समन्वय सस्था लगायतका विभिन्न समाजिक सस्थामा कृयाशिल छन ।

महाधिवेशनका लागि राजेन्द्र र जानुका आफ्नो प्यानल बनाउने गृहकार्यमा जुटिरहेका छन । राजेन्द्रले ओझाको प्यानल बाट वरिष्ठ उपाध्यक्षमा हालका प्रथम उपाध्यक्ष उपेन्द्र राज सुवेदी (राजु) प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ,द्दितिय उपाध्यक्षमा धिरज कुमार श्रेष्ठ,महासचिवमा जिबन तिवारी,उपमहासचिवमा लक्ष्मी प्रसाद ढुंगाना(एल पी ) र कोषाध्यक्षमा टिकाराम सापकोटाको नाम टुंगोमा पुगेको ओझा निकट एक ब्यबसायीले बताए ।जानुकाको टिम बाट पनि आन्तरिक रुपमा उम्मेद्बारको टुङो लागेको उनी निकट ब्यबसायीले बताए ।

अध्यक्षका उमेदवारहरु  राजेन्द्र ओझा र  जानुका पराजुली
अध्यक्षका उमेदवारहरु राजेन्द्र ओझा र जानुका पराजुली

जसअनुसार जानुकाको प्यानलको बरिष्ठ उपाध्यक्षमा गोपी बाँस्तोला र प्रथम उपाध्यक्ष बिक्रम कर्माचार्य हुनेबताइएको छ । बाँस्तोला नेकपा माओबादी केन्द्र समर्थक र कर्माचार्य नेपाली कांग्रेस समर्थक मानिन्छन।
संघको द्वितीय उपाध्यक्षमा हालका कोषाध्यक्ष ध्रुबबाबु भट्टराईले चाहना गरेको कारण उनी नै द्वितीय उपाध्यक्षको उमेद्वार बन्न सक्ने बताइएको छ। जानुकाको प्यानलमा महासचिबको उमेद्वार कसलाई बनाउने भन्ने अझै टुंगो लागिसकेको छैन। हाल सम्मको अबस्थामा महासचिवमा दुबै टिम बाट जीवन तिवारीको नाम चर्चामा छ ।
राजेन्द्रको प्यानलमा भएका वरिष्ठ उपाध्यक्षमा नाम टुंगोमा पुगेका उपेन्द्र सुबेदी नेपाली काँग्रेस निकट भएकोले काङ्ग्रेसको एक खेमा राजेन्द्र ओझालाइ सहयोग गर्ने व्यावसायी बताउछन । सुवेदी ब्यबसायी बिच निकै लोकप्रीय छन ।
जानुकाको प्यानल बाट वरिष्ठ उपाध्यक्षमा गोपि बास्तोला माओवादी निकट हुन ।
संघको सदस्यहरुको लागि भने अझै टुंगो लागिसकेको छैन लेखनाथ उद्योग बाणिज्य संघमा २ हजार ७८ सदस्य रहेका छन ।

कमेन्टहरु
Loading...