किसानका मर्का, समस्या र नयाँ प्रविधिको दरिलो चित्रण ‘धनिरामको गोरु’

पोखरा । पद्माप्रेम थिएटरको प्रस्तुतिमा पोखरामा ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ । माघ १८ गतेदेखि निरन्तर मञ्चन भइरहेको नाटक माघ २६ गतेसम्म पोखरा थिएटर गैरापाटनमा हेर्न पाइनेछ ।

नाटक हरेक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे गरी मञ्चन भइरहेको पद्माप्रेम थिएटरकी अध्यक्ष सावित्रा पाठक ‘सबु’ले जानकारी दिइन् ।

नाटकमा नेपाली ग्रामीण समाज, त्यहाँका किसान र उनीहरूले भोगेका वास्तविक कथालाई देखाईएको छ । ग्रामीण समाजको जिवन्त कथा नाटकमा प्रस्तुत गरिएको छ । विशेषगरि कृषि कर्म र यसमा प्रविधिको सकरात्मक तथा नकरात्मक पारेको प्रभावलाई समेत देखाउन खोजिएको छ । ग्रमीण परिवेशको रहनसहन, बोलीचाली, आत्मीयता र सामाजिक परिवेशलाई जस्ताको तस्तै देखाइको छ ।

करिब एक घण्टा १५ मिनेट लामो नाटक हेर्दा समय वितेको पत्तै नभएको नाटक हेरेर निस्कने दर्शकहरुले प्रतिक्रिया दिएका छन् । नाटक सकिएलगत्तै प्रतिक्रिया दिँदै गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले भने –‘नाटकमा जिवन्त कथा भेटे, ग्रामीण जिवनको यथार्थता झल्किीएको छ । एक पटक सबैले हेर्नुपर्ने नाटक बनेको छ ।’

खासगरी ग्रामीण भेगको कृषि क्षेत्रलाई नाटक मार्फत प्रस्तुत गर्न खोजिएको उक्त नाटकका नाटककार केदारनाथ पौडेलले बताए । ‘उत्कृष्ट प्रस्तुती कलाकारले दिएका छन्, दर्शकको सकरात्मक प्रतिक्रियाले पनि थप हौसला प्रदान भएको छ ।’ पौडेलले भने ।

किसानका मर्का, समस्या र नयाँ प्रविधिको दरिलो चित्रण नाटकमा प्रस्तुत गरिएको नाटक निर्देशन गरेका कपिल शर्माको भनाई छ । उनले भने –‘यो एउटा ग्रमीण भेगको कृषकका मात्र कथा होइन, तपाई हाम्रो सामाजिक परिवेश पनि हो । परम्परागत कृषिलाई छोडेर जवरजस्ती आधुनिकीकरण जानु पर्ने बाध्यताको कथा हो । परम्परागत कृषिलाई त्यागेर आधुनिकीकरण अंगाल्दा गाउँका किसानले भोग्नुपर्ने पीडा नाटकमा समावेश गरिएको छ ।’ नाटक एक पटक हेरेर प्रतिक्रिया दिन निर्देशक शर्माले आग्रह समेत गरे ।

नाटकमा कलाकारहरू दिलप्रसाद गुरुङ, विभुप्रसाद भुसाल, सावित्रा पाठक ‘सवु’ , ज्योती हमाल, शीतला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक र अभिषेक भुसालको अभिनय रहेको छ ।

 

 

 

कमेन्टहरु
Loading...