किरणको गायन तथा रोहनको निर्देशनमा बनेको ‘कसो कसो माया बस्यो’ गीत सार्वजनिक

पोखरा । पोखरा यसै नै सुन्दर ठाँउ । यहाँको मौसमदेखि सौन्दर्यताको प्रशंसा एक पटक घुमेका पर्यटकले पनि गर्ने गरेका छन् । यहि पोखराको सौन्दर्यताले गर्दा फिल्म निर्माण देखि गितको भिडियो छायांकन पोखराका विभिन्न स्थानमा हुने गरेका छन् । यसै बिचमा पोखरा तथा आसपासमा छायांकन गरिएको किरण शंखरले गाएका गित ‘कसो कसो माया बस्यो’ युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोमा अहिलेका चर्चित कलाकार मिलन शंखर र बिना राउतको जोडीलाइ देख्न पाइन्छ ।

गीतमा शब्द दिपक रसाइलीको रहेको छ भने संगीत जीवन रसाइलीले दिएका छन् । उक्त गितको संगीत संयोजन बुद्ध लामाले गरेका हुन् ।
भिडियोलार्इ अर्को प्रोडक्सनले तयार पारेको छ । भिडियोको छायांकनमा बिशाल थापा र एडीट तथा रंग संयोजन नहकुल खड्काले गरेका हुन्।
भिडियोलाई पछिल्लोक्रममा निकै ब्यस्त निर्देशक रोहन नेपालीले गरेका हुन् ।

रोहन भन्छन् ‘अब पोखरालाई म्युजिक भिडियोको हब बनाउनु पर्छ। त्यसै अनुरुप हामीले सक्दो पोखरा तथा पोखरा आसपास का ठाउमा भिडियो हरु छायांकन गरि रहेका छौं ।’

कसो कसो माया बस्यो भन्ने गित किरण शंखर युट्युव च्यानलमा हेर्न सकिन्छ ।

कमेन्टहरु
Loading...