तीज गीत पुराना भाका नै हराछ्न् लिएर आए केशब घिमिरे (भिडियो सहित)

पोखरा/महिलाहरुको चाड हरितालिका तीजको अवसर पारेर लोकप्रिय गायक केशव घिमिरेको तीज गीत पुराना भाका नै हराछ्न् बजारमा ल्याएका छन् ।

कैले आउला तिज भन्दै बस्थियौ औला भाची
मोटाको ज्यान घटाउ कान्छी अ‍ैले नाची नाची
ए पुराना भाका नै हराछ्न

मर्काइ देउ माया ले कम्मरै मर्काइदेउ
थर्काइदेउ नाचेर जमिनै थर्काइदेउ
ए तिम्रै नाच सब ले मन पराछ्न
नाच नाच कम्मरै भाच

पुराना भाका पुरानो सस्कृंती रितिरिबाज बिस्तारै हराउदै गएको गीत र भिडियोहरु पनि छाडा हुँदै गएको दुखेसो यो गीतमा पोखिएको छ। बिशेष गरि तीजलाई नै लछित गरि बनाएको गीत भएता पनि विभिन्न कार्यक्रम ,पार्टी, मेला ,महोत्सवहरुमा नाच्न मिल्ने गीत रहेको गायक घिमिरेले बताए ।

चन्दन म्युजिकको उत्पादक तथा वितरक रहेको गीतमा हरि बिष्ट र रिता पौडेल को प्रस्तुति रहेको छ भने केशव घिमिरे र सुमित्रा काफ्लेको स्वर र केशब घिमिरे कै शब्द, लय रहेको छ। बिगत ७ बर्ष देखि तीज गीत निकाल्दै आएका छन् ।

यस बर्षको तीजमा चन्दन म्युजिकबाट नै केशब घिमिरे कै शब्द लय रहेको दिपक कार्की र देवि घर्तीको स्वरमा रहेको तीज गीत मेरि सानू भनेको मान्ने छ्न र घिमिरे कै शब्द रहेको प्रदिप त्रिपाठि को टुंङगै छैन बाइ पनि बजार मा आइसकेका छ्न् ।

कमेन्टहरु
Loading...