इमेज लोक कलाकार पोखरा अडिसन भदौ २४ मा, विजेतालाई १ लाख नगद

पोखरा, १८ भदौ /गाउँ गाउँमा लुकेर रहेका प्रतिभा खोजीको लागि इमेज च्यानलले ‘इमेज लोक कलाकार’ प्रतियोगिता तीव्र पारेको छ । भदौ २४ र २५ गते पोखराको घारीपाटनस्थित होटल जलमहलमा पोखरा अडिसन हुने आयोजकले जनाएको छ । गण्डकी क्षेत्र लोकगीतको उर्वर भूमि मानिन्छ ।

अडिसन पोखरापछि धरान र काठमाडौमा हुनेछ । पोखरा अडिसनमा विशेषगरी गण्डकी र धौलागिरी अञ्चलका जुनसुकै उमेर समूहका प्रतियोगीले भाग लिन सक्ने कार्यक्रमका कार्यकारी निर्माता अनुपा श्रेष्ठले जनाइन् । प्रतिस्पर्धाका विजेतालाई इमेज च्यानलले एक लाख रुपैयाँ नगद, एक भिडियो र एक एल्बम निकालि दिने कार्यक्रमका उप–कार्यकारी निर्माता अनुषा पौडेलले बताइन् ।

इमेज टेलिभिजनको उकाली–ओरालीमा कार्यक्रम प्रस्तोताको अवसरसमेत पाउनेछ । नेपाली टेलिभिजन इतिहासमा पहिलो पटक इमेज टेलिभिजनले विशुद्ध नेपाली लोकगीत गायनको वृहत प्रतिष्पर्धा गर्न लागेको हो । लोकगीत गायन प्रतिस्पर्धालाई कसरी आकर्षक र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा यसअघि इमेज टेलिभिजनले विभिन्न कार्यक्रमसमेत गर्दैआएको छ ।

कमेन्टहरु
Loading...