दौतरी दोहोरीको वार्षिकोत्सव विभिन्न कार्यक्रम

पोखरा, २६ भदौ/चिप्लेढुंगाको पोखरा दौतारी दोहोरी साँझले १६ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । साँझले भदौ २१ देखि २५ गते सम्म वार्षिकोत्सव मनाएको हो । सो अवसरमा साँझले विशेष सांगीतिक कार्यक्रम र विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा दोहोरी साँझका संस्थापक यामबहादुर गुरुङ, दौतारी दोहोरी साझको स्वागत गीतका रचनाकार तारापति सुवेदी, पत्रकारद्धय माधव बराल, हेमराज अधिकारीलाई सम्मान गरेको हो । दोहोरी साझँका पुराना कलाकार केशव देवकोटा र वाद्यवाधनतर्फ अशोक गायकलाई र कर्मचारी रञ्जु बानियाँलाई पनि सम्मान गरेको छ ।

विशेष सांगीतिक साँझमा चर्चित कलाकार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, पशुपती शर्मा, शर्मिला गुरुङ, कुमार पुन, प्रिति आले मगर, तारापति सुवेदी, जीवन दाहाल, शंकरविरही गुरुङ, माया गुरुङ, चन्द्रा कार्कीले सांगीतिक प्रस्तुति राखे ।

नियमित कलाकार केशव देवकोटा, निशा पोखरेल, कमला गैह्रे, लक्ष्मी बानियाँ, राज गुरुङ, ज्ञानु गुरुङ, सुरेश गुरुङ, रामकृष्ण गायक, नवीन गायक, अशोक गायक, बिनु ल्वागुन, उमा चौधरी, किरण गुरुङ र रमा नेपालीको प्रस्तुति समेत रहेको थियो । तीन युवा वीरेन्द्र केसी, निर्मल भण्डारी र दीपक न्यौपानेले नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएको दोहोरी साँझमा संगीतपारखी श्रोताको बढ्दो चापले उत्साहित बनेका छन् । उक्त दोहोरी साँझ २०५८ सालमा स्थापना भएको हो ।

कमेन्टहरु
Loading...