नयाँ रत्यौली गित सार्वजनिक (भिडियो सहित)​

पोखरा, १० जेठ /लोक गायक लिला पौडेल र कृष्ण प्रसाद गौतमको नयाँ रत्यौली गित सार्वजनिक भ​एको छ । पधेरो भाग २ मा समेटिएको “यो मायाले जेलेको डोरो” बोलको नयाँ रत्यौली गित र उक्त गितको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक गरिएको हो ।

कृष्ण प्रसाद गौतम, लिला पौडेल ,शान्ती आचार्य बराल र मधु चापागाई लगायतका कलाकारहरुले स्वर दिएको उक्त रत्यौली भाकाको संकलन गौतम गरेका हुन् ।नमस्ते पोखरा रेकडिङ्ग स्टुडियो पोखराले उत्पादन गरेको उक्त रत्यौली भाकामा साहिल गायकले एरेञ्जरको भुमिका निभाएका छन्।

हास्य कलाकार पोखरेली माग्ने बुढा युवराज भण्डारीले निर्देशन गरेको रत्यौली गीतको म्युजिक भिडियोमा हास्य कलाकार भण्डारी सहित काउली बुढी सन्ध्या बुढा, ममता बराल, रमेशकान्त अधिकारी,टङ्कनाथ लामिछाने लगायतको अभिनय रहेको छ ।

बिनय गुरुङ्गको छायङ्कन, सुवास अम्गाईको सम्पादन र फलानो क्रियसनको पोष्ट प्रोडक्सन रहेको रत्यौली गितको म्युजिक भिडियो नमस्ते पोखरा रेकडिङ्ग स्टुडियोको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको छ ।

कमेन्टहरु
Loading...