क्लासीक उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता आर्यन सिक्देल, अभिनेत्री नम्रता श्रेष्ठ (कुन कुन चलचित्रलाई के के अवाड सहित )

सागर राज तिमिल्सिना
पोखरा, ३० साउन/पोखरामा सम्पन्न छायाँछवि क्रियसनले आठौं डि सिने अवार्ड–२०७३ मा चलचित्र क्लासीकले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । क्लासीकले उत्कृष्ट नायक, उत्कृष्ट नायिका, उत्कृष्ट सम्पादन र उत्कृष्ट गायकको पनि अवार्ड जितेको छ ।

क्लासीक उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता आर्यन सिक्देल
क्लासीक उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता आर्यन सिक्देल

त्यसै गरि चलचित्र वडा नम्बर ६ ले पनि पाँच विधामा अवार्ड जितेको छ । वडा नम्बर ६ ले उत्कृष्ट सह अभिनेता, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट हाँस्य कलाकार, उत्कृष्ट सम्वाद र उत्कृष्ट पाश्र्व संगीतको अवार्ड जितेको छ । चलचित्र प्रेम गीतले चारवटा अवार्ड हातपार्न सफल भयो भने पशुपति प्रसाद र ड्रिम्सले तीन÷तीन वटा अवार्ड हात पारे ।

प्रेम गीतले उत्कृष्ट संगीतकार, उत्कृष्ट गायिका, उत्कृष्ट गीतकार र उत्कृष्ट नृत्य निर्देशकको अवार्ड जित्न सफल भयो । त्यसै गरि पशुपति प्रसादले उत्कृष्ट निर्देशक, उत्कृष्ट खलपात्र, उत्कृष्ट पटकथामा अवार्ड जित्न सफल भयो । जुरी अवार्ड कवड्डी कवड्डीले पाएको छ ।

डिजिटल फरम्याटमा बनेका चलचित्रलाई सहभागी गराई आयोजना गरिँदै आएको छ । अवार्डको लागि उत्कृष्ट पाँच मनोनयनमा चलचित्र वडा नं. ६, प्रेमगीत, कवड्डी कवड्डी, फूलै पुलको मौसम तिमीलाई धेरै विधामा परेका थिए । उत्कृष्ट चलचित्रमा क्लासिक, उत्कृष्ट निर्देशकमा पशुपति प्रसादबाट दीपेन्द्र के खनाल उत्कृष्ट अभिनेतामा क्लासीकबाट आर्यन सिग्देल, उत्कृष्ट अभिनेत्री क्लासीकबाट नम्रता श्रेष्ठले अवार्ड हात पारेका छन् ।

त्यसै गरि उत्कृष्ट सहअभिनेता वडानम्बर ६ बाट जीतु नेपाल, उत्कृष्ट सहअभिनेत्री अर्धकट्टीबाट अशिष्मा नकर्मी, उत्कृष्ट छायांकनमा ड्रिम्सबाट पुरुषोत्तम प्रधान र सञ्जय लामाले अवार्ड हात पारेका छन् । सम्पादनमा क्यासीकबाट सुरेन्द्र पौडेल, चरित्र अभिनेतामा कवड्डी कवड्डीबाट माउत्से गुरुङ चरित्र अभिनेत्रीमा वडा नम्बर ६ बाट दीपाश्री निरौला, खलपात्रमा पशुपति प्रसादबाट विपिन कार्की, हाँस्य कलाकारमा वडा नम्बर ६ बाट केदार घिमिरे, नवनिर्देशक विधामा ड्रिम्सबाट भुवन केसीले अवार्ड जितेका छन् ।

त्यस्तै, नवअभिनेतामा नाइ नभन्नु ल ४ बाट पल शाह, नवअभिनेत्रीमा ड्रिम्सबाट साम्राज्ञी राज्यलक्ष्मी देवी शाह, उत्कृष्ट कथा विधामा धौलीबाट सन्तोषकुमार आत्रेय, पटकथामा पशुपति प्रसादबाट खगेन्द्र लामिछाने, संवादमा वडा नम्बर ६ बाट दीपकराज गिरी, संगीतकारमा प्रेम गीतबाट अर्जुन पोखरेल, गायकमा क्यासीकबाट युवराज चौलागाई, गायिकातर्फ प्रेमगीतबाट अञ्जु पन्त, गीतकार विधामा प्रेमगीतबाट कृष्णहरि बराल, नृत्य निर्देशकमा प्रेमगितबाट रेनेशा राई, द्वन्द्व निर्देशकमा भैरवबाट हिमाल केसी, पहिलो पटक थपिएको वेष्ट आइटम डान्समा लुटेराबाट प्रियंका कार्की र पाश्र्व संगीततर्फ वडा नम्बर ६ बाट एलिस कार्कीले अवार्ड जितेका छन् । गत वर्ष प्रदर्शनमा आएका ६७ फिल्मबाट छानिएका फिल्मलाई मनोनयनमा परेका थिए ।

कमेन्टहरु
Loading...