पशुपति शर्माको नयाँ गीतः जता नि चोर, लुटन सके लुट भाग २ (भिडियो सहित)

पोखरा, १ फागुन /लोक तथा दोहोरी गायक पशुपति शर्माले लुट्न सके लुट कान्छा २ ‘जता नि चोर’ गीत सार्वजनिक गरेका छन् ।

लुटन सके लुट कान्छा ल्याउदा केही बिरोधका कारण यू ट्युव बाटै हटाएका शर्माले त्यस्तै शैलीको लुट र भ्रष्टाचार बिरुद्ध अर्को गीत जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर भन्ने गीत सार्वजनिक गरेका हुन् । मैपनि उही कान्छा तैपनि उही कहाँ गएर लाउने होला बुद्धि पस्ने सुई चर्चामा छ ।

लुट्न सके लुट कान्छा २ लाई पशुपति शर्माले आफ्नै लय शब्द तथा एकल आवाजमा आफ्नै यू ट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

पोखरा सहित आसपासका क्षेत्रमा छायाँकान गरीको गीतमा पशुपति शर्मा आफै, लोकदोहोरी गायक घनश्याम रिजाल, हास्यकलाकार युवराज भण्डारी लगाएतले अभिनय गरेका छन् ।

कमेन्टहरु
Loading...