अर्चना पनेरु ५ घण्टा पछि तारेकमा रिहा

सागर राज तिमिल्सिना
पोखरा, ८ चैत/चलचित्र विकास बोर्डबाट निर्माण इजाजत नलिइ फिल्म छायांकन गरेका राजु गिरी सहित नायिका अर्चना पनेरुलाई प्रहरीले ५ घण्टा पछि छाडेको छ ।

पोखरा १८, खाल्टे मसिनामा छायाँकन भैरहेकोे फिल्म युनिटका निर्देशक राजु गिरीसमेत ९ जनालाई सोमबार दिउँसो कास्की प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पछिल्लो समय चर्चित नायिका अर्चना पनेरु पनि छिन् ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २ दिनपछि हाजिर हुन आउने शर्तमा छाडेको प्रशासन कार्यालय मुद्दा शाखाका नासु केदार लामिछानेले जानकारी दिए । वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले निर्देशक गिरी, नायिका पनेरुसहित उनकी आमा सुनिता पनेरु, फिल्मका प्रोपाइटर म्यानेजर गोपाल कुइकेल, सहनिर्देशक सुदीप कुँवर, प्राविधिक हरिभक्त श्रेष्ठ, अछामका सुरेन्द्र बुढा, चितवनका शिवशरण न्यौपाने रकंचनपुरका ओकेश पनेरुलाई पक्राउ गरेको हो ।

उक्त टोलीले फिल्म यूनिटका सम्पूर्ण छायाँंकन सामग्री नियन्त्रणमा लिएको छ । लामिछानेले कानुनी प्रक्रियाबाट आगडी बढ्काले अनुमति नलिए सम्म सबै सामान जफत हुने बताए ।

कमेन्टहरु
Loading...