एक्स ब्याण्डको दुई बर्षपछि पोखरा तताउने तयारी

पोखरा, ३ जेठ/संगित पारखी पोखरेलीहरुले करिब २ बर्षपछि ‘द एक्स’ ब्याण्डसंग झुम्ने मौका पाउने भएका छन् । सुरताल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. पोखराको ‘सुरताल म्युजिकल टुर–२०७२’ अन्तर्गत टुरको अन्तिम श्रृङ्खला पोखरामा आयोजना हुने भएकोले संगित पारखी पोखरेलीहरुलाई यो मौका मिलेको हो ।

एक्स ब्याण्डको दुई बर्षपछि पोखरा तताउने तयारी
एक्स ब्याण्डको दुई बर्षपछि पोखरा तताउने तयारी

पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा यहि आउँदो जेठ ८ गते आयोजित उक्त कन्र्सटमा द एक्स ब्याण्डका अलावा लक्ष्य ब्याण्ड, योगेश काजी, ओम गुरुङ्ग, सन्तोष बस्यालसहित सुरताल सिजन २ का फाइनलिस्टहरुको प्रस्तुती रहने कार्यक्रमका प्रचारप्रशार संयोजक मन क्षेत्रीले बताए । म्युजिक टुर अन्तर्गत सुरतालले यसअघि बाग्लुङ, वालिङ, बुटबल, नारायणगढ, दमौली र काठमाण्डौंमा कन्सर्ट सम्पन्न गरिसकेको छ ।

अन्य जिल्लाहरुको कन्सर्ट भव्य रुपमा सफल भएकोले पोखरामा पनि आफू सोही अनुरुप उत्साही रहेको सुरताल इभेन्ट म्यानेजमेन्ट प्रा. लि. का म्यानेजिङ डाइरेक्टर प्रशान्त सुनारले बताए । ‘पोखरा यसैपनी ब्याण्डहरुको शहर हो । यो शहरमा निकै रुचाइएको ब्याण्ड द एक्ससंग पोखरेली दर्शकहरुको साक्षात्कार भव्य हुनेछ । हामीले सोही अनुरुपको तयारी पनि गरिरहेका छौ ।’ उनले भने ।

‘एउटा चिट्ठीको सहाराले..’ ‘लुक्न देउ मलाइ तिम्रो केशमा..’ लगायतका डेढ दर्जन चर्चित गीतहरु दर्शकमाझ पस्केको ‘द एक्स’ आफ्नो स्थापनाको २५ औं बर्षगाँठ मनाउने तयारीमा छ । ब्याण्डहरुको सांगितिक भविश्य संकटमा रहेको समयमा पनि पोखराले आफ्नो ब्याण्डलाई निकै राम्रो सहयोग गरेको ब्याण्डका भोकलिस्ट शिव मुखियाले बताए । ‘पोखराले हामीलाई सधैं राम्रो व्यवहार गरेको छ । यसपटक हामीपनि पोखरेली दर्शक भेट्न आतुर छौं ।’ उनले भने ।

कमेन्टहरु
Loading...