स्थानीय तहको चुनावमा उम्मेद्वारहरुले गर्ने खर्चको सिमा (कुन उम्मेद्वारले कति खर्च गर्न पाँउछन हेर्नोस​)

काठमाडौं, २७ चैत/निर्वाचन आयोगले स्थानीय तहको चुनावमा उम्मेद्वारहरुले गर्ने खर्चको सिमा तोकेको छ । आयोगले आइतबार निकालेको सूचना अनुसार महानगरपालिकाका मेयर र उपमेयरले अधिकतम ७ लाख ५० हजार रुपैयाँ र वडा अध्यक्ष तथा सदस्यले ३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

यस्तै उपमहानगर पालीकाका मेयर र उपमेयरले ५ लाख ५० हजार रुपैयाँ तथा वडाअध्यक्ष र सदस्यले २ लाख ५० हजार रुपैयाँसम्म खर्च पाउने छन् । यस्तै नगरपालिकाका मेयर र उपमेयरले ४ लाख रुपैयाँ तथा वडा अध्यक्ष र सदस्यहरुले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

यस्तै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार रुपैयाँ र वडा अध्यक्ष र सदस्यहरुले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने छन् । जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले २ लाख ५० हजार रुपैयाँ र सदस्यहरुले १ लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने निर्र्वाचन आयोगले जनाएको छ । तोकिए भन्दा बढी खर्च गरेको पाइएमा निर्वाचन आयोग ऐन अनुसार कारबाही हुने पनि निर्वाचन आयोगले जनाएको छ ।

उम्मेद्वारहरुले गर्ने खर्चको सिमा
कमेन्टहरु
Loading...