गायक राम्जी पौडेललाई डेरा सर्दा सर्दै हैरान (भिडियो सहित)

पोखरा,१६ साउन /हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुले तीजका कोशेली बजारमा ल्याउने गरेका छन् । विकृतिविसंगतिलाई अन्त्य गरी सभ्य समाज निर्माण गर्न तीजगितले पनि सार्थकता पाउने गरेका छन् ।

यसपाली राम्जी पौडेल,सरस्वति परियार र माया गिरीले “डेरा सरी सरी” भन्ने गित बजारमा ल्याएका हुन । यस गितमा डेरामा बस्नेहरुका पिडा समाबेश गरिएको छ । हुन पनि एक महिना एउटा घरमा बसो त्यसपछि अर्को घरमा सर्नुपर्ने बाध्यता रहेको सन्देश दिईएको छ बजारमा आउने तिजगितका विभिन्न भाकाहरु आउने क्रम जारी छ ।

कलाकारहरु यतिबेला तिजका गित गाउन र गितको म्युजिक भिडियो बनाउन अति व्यस्त देखिएका छन् । चर्चित सर्जक एबं गायक रामजी पौडेलको शब्द तथा लय रहेको गीतमा रामजी पौडेल, माया गिरि ,सरस्वति परियार ,रत्न रसाइली र रितुको सुमधुर स्वर रहेको छ ।

“डेरा सरी सरी ” बोलको गीतमा शिवम पोख्रेलको निर्देशन रहेको उक्त गितको एरेन्ज तारानाथ आचार्यले गरेका हुन् । गणेश सापकोटाले छयांकन गरेको भिडियोलाई सन्तोष सरु मगरले सम्पादन गरेका हुन ।

कमेन्टहरु
Loading...