यस वर्ष पनि बाटुलेचौरमा तीज मेलाको निरन्तरता

पोखरा २१ साउन/ हिमालय क्लवको आयोजनामा भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक वाटुलेचौर तीज मेला हुने भएको छ ।

स्थानिय खेल मैदानमा हुने मेलालाई व्यवस्थित र सफल बनाउन क्लवले राम जि.सीको संयोजकत्वमा ५६ सदस्यीय मुल व्यवस्थापन समिति, ४सय ५२ सदस्यीय आयोजक समिति, ७६ सदस्यीय सल्लाकार समिति र विभिन्न ३१ वटा उपसमिति गठन गरी मेलाको तयारी शुरु गरेको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिनुभयो ।

५ दिनसम्म चल्ने मेलामा अन्तर विद्यालय स्तरीय छात्र/छात्रा ह्याण्डवल प्रतियोगिता, द्वितीय हिमालय कप खुला पुरुष भलिवल, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, समुहगत तीज गीत तथा नृत्य प्रस्तुती, श्रष्टा, सहयोगी संस्था, क्रियाशिल पत्रकार महिला सम्मान,एकल महिला सहयोग वितरण लगायतका विविध सांस्कृतिक कार्यक्रम गरिने प्रचार संयोजक केशव वस्नेतले वताउनुभयो ।

मेलाको ऐतिहासिक पक्षलाई संरक्षण गर्न तीजको पुरानो भाका हम्काईलोको समेत प्रस्तुती रहने वताईएको छ । पोखराकै पुरानो मेलाको रुपमा परिचित वाटुलेचौर तिज मेलालाई थप आर्कषक वनाउन विभिन्न उपसमितिले तयारी शुरु गरेको र विभिन्न संस्थासँग समन्वय गरिएको सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।

मेला सम्पन्न गर्न २० लाख खर्च लाग्ने र मेलावाट करिव २५ लाख आम्दानी गर्ने अनुमान क्लवले गरेको छ । मेलावाट वचत हँदै आएको रकम हिमालय पुस्तकालयको विस्तार सहित विभिन्न सामाजिक कार्यमा खर्च गरिने वताईएको छ ।

आर्थिक अभावका कारण कतिपय चाडपर्वहरु लोप हुँदै गएको परिपे्रक्षमा मौलिक पर्व तीजलाई जर्गेना गर्न पनि मेलालाई निरन्तरता दिईएको संयोजक राम जि.सीले वताउनुभयो । ऐतिहासिक दृष्टिले वाटुलेचौरको तिज मेला विसं १५२५ भन्दा अगाडीवाट आरम्भ भएको स्थानियको भनाई छ ।

कमेन्टहरु
Loading...