पोखराको मिडटाउनमा स्पाइडर म्यानः फार फ्रम होमको फ्यान स्किृनिङ्ग

पोखरा, १३ असार /पोखरा सभागृह स्थित मिडटाउन सिनेमाज्ले हलिउड फिल्म स्पाइडरम्यानः फार फ्रम होमको फ्यान स्किृनिङ्ग गर्ने भएको छ ।

फिल्म नेपालमा जुलाई ५ तारिखबाट रिलिज हुदैछ । तर नेपाल रिलिजको २ दिन अगावै काठमाण्डौं बाहिर पहिलो पटक पोखरामा फ्यान स्किृनिङ्ग गर्न लागिएको हो ।

मिडटाउन सिनेमाज् र हलिउड फिल्म प्रति दर्शकहरुले देखाएको मायाको धन्यवाद स्वरुप जुलाई ३ तारिखमा निशुल्क फ्यान स्किृनिङ्ग गर्न लागिएको कार्यकारी निर्देशक निकेश द्धाले जानकारी दिए ।

उनले हलिउड फिल्मको बजार बिस्तारका गर्ने प्रयास स्वरुप स्किृनिङ्ग गर्न लागिएको बताए । ‘मिडटाउन सिनेमाज्मा हलिउड फिल्म हेर्न आउने दर्शकहरुको थुप्रै हुनुहुन्छ,अझै धेरै दर्शकहरुलाई हलिउड फिल्म हेर्ने कल्चर बृद्धि गर्नुपनि हाम्रो उदेश्य हो’,उनले भने ।

नेपालमा फिल्म वितरणको जिम्मा पाएको एप्पल इन्टरटेन्मेन्टसंगको सहकार्यमा फिल्म देखाउन लागिएको मिडटाउन सिनेमाज्का म्यानेजर विबेक श्रेष्ठले जानकारी दिए ।

एप्पल इन्टरटेन्मेन्टकी जेनिश पहारीले पोखरामा अन्य स्थानमा भन्दा फिल्म प्रेमी दर्शकहरु धेरै रहेका कारण शो गर्न लागिएकी बताइन् ।

कमेन्टहरु
Loading...