विशेष सांगीतिक साँझको तयारी पुरा

पोखरा, ३१ भदौ /पोखरामा शनिबार आदर्श कला केन्द्र विशेष सांगीतिक साँझ हुँदैछ । कार्यक्रम दिनको तीनबजेदेखि पोखरा सभागृहमा शुरु हुने आयोजकले बताएका छन् ।

आदर्श कला केन्द्रको २१ औं बार्षिकोत्सबको अबसरमा आयोजीत कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने जय कुमार परियारले जानकारी दिए । सांगीतिक साँझमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियारसहित सुगम संगीतका चर्चित गायक मनोजराज र जय कुमार परियारको प्रस्तुती रहने उनले बताए ।

सांगीतिक साँझका प्रमुख अतीथिका रुपमा नेपाली चलचित्र संगीतका चर्चित संगीतकार प्रकास गुरुङ्गको आगमन रहने प्रचारप्रशार संयोजक मन क्षेत्रीले जानकारी दिए । गुरुङ्गले नेपाली चलचित्र ‘झुमा’, ‘सडक’, ‘आन्दोलन’, ‘आघात’ ‘भगवान’ आदीमा संगीत दिएका छन् ।

सांगीतिक साझमा कला केन्द्रकै बिद्यार्थी मृतक मन्जु महतलाई मरणोपरान्त सम्मान गरिने र कला केन्द्रका विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिने परियारले जानकारी दिए ।

कमेन्टहरु
Loading...