भ्यालेन्टाइन डे को अवसरमा पोखरा रानीवन अर्किटमा विषेश सांगितिक कार्यक्रम

पोखरा, २ फागुन / प्रणय दिवसको अर्थात भ्यालेन्टाइन डे को आवसरमा पोखरा गौरीघाटमा रहेको रानीवन अर्किटले विषेश सांगितिक कार्यक्रमको आयोजना गरेको छ ।

रानीवन अर्किट होटल तथा रेष्टुरेष्टमा साझँ ६ बजे देखी राती सम्म विषेश कार्यक्रमको आयोजना गरिएको सञ्चालक हरी भुजेलले जानकारी दिए ।

सांगितिक कार्यक्रममा नेपाल आइडल सिजन २ का फष्ट रनर अप विक्रम बराल र उनको व्याण्ड अडियो फाम र नियमीत व्याण्डको प्रस्तुती रहने उनले बताए ।

कार्यक्रममा निःशुल्क प्रबेश, सांगिति कार्यक्रममा भाग लिन होटलमा रुप सहित बस्ने प्याकेज गरि विभिन्न प्याकेजहरु रहेको उनले बताए । खाना सगँ नाचौ र रमाउदै भ्यालेन्टाइन डे मनाउ भन्दै मुख्य उद्देश्य रहेको उनले बताए ।

कमेन्टहरु
Loading...