पोखरामा अन्तरकलेज ब्याण्ड कम्पिटिशन हुने

असोज ११ ,पोखरा ।नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेज गैह्रापाटन पोखरामा अध्ययनरत विद्यार्थीको समूह विविए क्रुजको आयोजनामा असोज १६ गते बुधबार अन्तर कलेज व्याण्ड कम्पिटिशन सिजन –२ प्रतियोगिता हुने भएको छ । ब्याण्ड कम्पिटिशनमा नेपालभरका ११ बटा कलेजहरुका ब्याण्डहरु सहभागी हुने शुक्रबार कलेज परिशरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पोखरा सभागृहमा आयोजना हुने प्रतियोगितामा निर्णायक एवं मूख्य अतिथिका रुपमा एल्बाटोस व्याण्ड उपस्थित हुने आयोजकले जनाएकोछ । काठमाडौबाट किंग्स कलेज र पोखराबाट होटल म्यानेजमेण्ट कलेजको एउटा समूह सहित ११ वटा कलेजहरुको समूह सहभागी हुनेछन्। प्रतियोगितामा प्रथम हुने समुहले नगद रु.४० हजार ,ट्रफी र प्रमाण पत्र , द्वितिय हुनेले नगद रु.२० हजार प्रमाण पत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने सहभागी हुने समुहलाई प्रमाण पत्र वितरण गरिने आयोजक बिबिए क्रुजका जितेन्द्र गुरुङले बताएका छन् ।
प्रतियोगिताले कलेजमा अध्ययनरत युवाहरु विच मित्रता वढाउने तथा सृजनात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको गुरुङको भनाइ छ । दोश्रो श्रृखलाको रुपमा आयोजना हुन लागेको प्रतियोगिताको पहिलो सिजनको विजेता पोखराको महेन्द्र उच्च मा.वि बन्न सफल भएको थियो ।

कमेन्टहरु
Loading...